प्रिमियर लिग : आर्सनलसँग चेल्सी पराजित


१२ पुष २०७७, आईतवार
116268447 whatsubject

काठमाडौं, १२ पुस । इङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको छ । गए राति आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट, ग्रानिट झाका र बकायो साकाले एक–एक गोल गरे ।

पराजित टोली चेल्सीका ट्यामी अब्राहमले एक गोल फर्काए । गए राति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई २–० ले हराउँदा एभर्टनले शेफिल्ड युनाईटेडमाथि १–० को जित निकालेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेडले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदा फुल्हम र साउथयाम्पटनले गोलरहित बराबरी खेलेका छन् ।

गए रातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको एभर्टन २९ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको २८ अंक छ । प्रिमियर लिग फुटबलमा आज लिभरपुलले वेष्ट ब्रोमसँग खेल्दा लिड्स युनाईटेड र बर्नले तथा वेष्ट ह्याम युनाईटेड र ब्राइटन भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७