लोकतन्त्रमाथिको प्रहार नसच्चिए भोलि देशमा आन्दोलनको आँधीबेहरी आउँछ : अध्यक्ष प्रचण्ड


१४ पुष २०७७, मंगलवार
134655028 2868045000181633 5237494293769014318 n

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटनको विषयमा सम्माननीय अदालतले संविधानको मर्म र जनताको भावनाको अनुसार नै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको लोकतन्त्रमाथिको प्रहार सच्याउने काम नभए भोलि आँधीबेहरी आउने समेत चेतावनी दिए । प्रधानमन्त्री ओलीको लोकतन्त्र र संविधानमाथिको प्रहारको विरोधमा अहिले देशभरका नेकपा कार्यकर्ता र नागरिक आन्दोलनमा उत्रिइसकेको बताए ।

उनले अहिले सडकमा देखिएको आन्दोलन ‘ट्रेलर’ मात्र भएको बताउँदै लोकतन्त्रमाथिको प्रहार सच्याउने काम नभए आन्दोलनको आँधीवेहरी आउने चेतावनी दिए । उनले वर्षौ जरा गाडेर बसेको राजतन्त्र त नेपाली जनताले उखेलेर फ्याँकेको बताउँदै अहिलेको निरंकुशतालाई जनताले सहजै पल्टाउने बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको पक्षमा साथ दिंदै हौसिएकाहरुलाई धेरै खुशी नहुन चेतावनी दिए ।

प्रचण्डले आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा मागेका छन् । भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओली संघीयता, धर्मनिपेक्षता विरोधी भएको बताए । आफूले ओली सच्चिए होलान् भन्ने लागेको तर ओलीलाई बुझ्न कमजोरी भएको बताए । कम्युनिष्ट पार्टीको अध्यक्षबाट यस्तो हुन्छ भन्ने सपनामा पनि नसोचेको बताए ।

भिडियाे

https://youtu.be/DR57sAy6GeM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७