अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश {भिडियो}


१७ पुष २०७७, शुक्रबार
kp sharma oli

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा लैजाने लक्ष्यमा सफलता प्राप्त भइरहेको बताएका छन् ।


अंग्रेजी नयाँ वर्ष सन् २०२१ को उपलक्ष्यमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको बताएको हो ।

मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको भन्दै पूर्वाधारका क्षेत्रमा विगतको तुलनामा निकै अघि बढ्न सफल भएको प्रधानमन्त्री ओलीले दाबी गरे । सन् २०२० मा कोरोना भाइरसको क्षति तुलनात्मक रूपमा कम गर्न नेपाल सफल रहेको र महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि उनले आग्रह गरे ।

उनले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको भन्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको बताए ।

मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिका निजी आकंक्षाले सिर्जना गरेका अवरोधलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा अविचलित निष्ठासाथ अघि बढिरहेका प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिकरूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढेको उल्लेख गरे ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७