भियतनाममा तीन स्वतन्त्र पत्रकारलाई १५ वर्षसम्मको जेल सजाय


२२ पुष २०७७, बुधबार
vietnam

काठमाडौं, २२ पुस । भियतनाममा तीन जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । राज्यविरुद्ध प्रचारबाजी गरेको भन्दै तीन जना पत्रकारलाई ११ देखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भियतनामको स्वतन्त्र पत्रकार संघका समस्य समेत रहेका फाम ची डुङ, नुग्इएन टुङ थो र ले ह्यु मिन्ह टुआनलाई अदालतले उक्त फैसला सुनाएको हो । अदालतले ती पत्रकारहरुले विभिन्न समयमा लेखेका लेखहरु राज्यको नीतिविरुद्ध भएको भन्दै सजाय सुनाएको हो । तीनै जनालाई राज्यको नीति विपरीत गतिविधि गरेको आरोप लगाइएको हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीले आगामी महिना संसद बोलाउने तयारी गरिरहेका बेला अदालतको उक्त कदमले प्रतिपक्षीलाई आन्दोलन गर्न थप सहज भएको बताइएको छ । मानवअधिकारवादी संघ संस्थाहरुका अनुसार हरेक वर्ष विभिन्न बहानामा राज्यले व्यक्तिमाथि नियन्त्रण र धरपकड जारी राखेको आरोप लगाएको छ । सन् २०१९ मा चीनको मानवअधिकार विरोधी गतिविधिको विरोध गरेको भन्दै मानवअधिकारकर्मी फाम ची डुगलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।

यता, युरोपियन युनियनले भितनाममा राज्यले नै मानवअधिकारको उल्लंघन गरेको भन्दै विभिन्न सहयोगहरु कटौती गर्ने चेतावनी दिएको छ । युनियनले भियतनामलाई निःशुल्क व्यापारका लागि सहमति दिन पनि ढिलाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७