नेकपा प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेत, सह-इञ्चार्जमा जयन्ती राई र राजेन्द्र राई


२ माघ २०७७, शुक्रबार
ganedra basnet jayanti rai rajendra rai

काठमाडौं, २ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेतलाई चयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देवराज घिमिरेलाई हटाएर बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । सह–इञ्चार्जमा जयन्ती राई, राजेन्द्र राई र राम कार्कीलाई सह इञ्चार्जकाे जिम्मेवारी दिएकाे छ ।

यस्तै बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ओलीले पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको बैठकको ठहर छ । प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै प्रचण्ड नेपाल पक्षले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो । बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताउनुभयो । बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ ।

त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताउनुभयो । देशका अन्य भागमा यसअघि नै तय भएको बिरोध कार्यक्रमलाई शसक्त ढंगले अघि बढाउने उहाले जानकारी दिनुभयो । बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँचबुँदे प्रस्ताव पनि पारित गरेको छ ।

प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिइएको छ ।
त्यस्तै भारतीय मिडीया जी न्युजलाई अन्तर्वार्ताका साथै सगरमाथाको भ्रमणको प्रवन्ध गराइनुका साथै सगरमाथाको नाम परिवर्तन गर्ने अभियाननै चलाउदा पनि सरकार मौन रहेको भन्दै बैठकले भत्र्सना गरेको रावलले बताए ।
त्यस्तै सरकारले सरकारी साधन र श्रोतहरुको दुरुपयोग गरिरहेको, प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रुपमा सरुवा गर्ने काम गरिरहेको तथा सरकारी सञ्चार माध्यमहरुलाई लोकतन्त्रको मूल्यमान्यता बिपरित सञ्चालन गरेको भन्दै स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन पनि बैठकले माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७