छलाङ मार्दै गोर्खाज फाइनान्स, खुद नाफा १७८ प्रतिशतले बढ्यो


११ माघ २०७७, आईतवार
Gurkhas Finance

काठमाडौं, ११ माघ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफामा छलाङ मारेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको सार्वजनिक खुद नाफा १७८ प्रतिशतले बढेकाे हाे । फाइनान्सको ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढ्दा खुद नाफा बढेको हो।

पुस मसान्तसम्ममा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म्मा फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा ३ करोड ५५ लाख कम हो। गत वर्षको यर्सै अवधिमा उसले १७ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा फाइनान्सले १४ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ४ करोड २० लाख रुपैयाँ थियो।

सम्भावित जोखिममा छुट्याएको रकम उठ्दा समेत उसको खुद नाफा बढ्न सहयोग पुगेको छ। गत गत वर्ष १ करोड १३ लाख रुपवैयाँ इम्पेरमेन्ट चार्ज अर्थात सम्भावित जोखिमबापत छुट्याएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा इम्पेरमेन्ट चार्ज ६ अर्ब ९७ करोड रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

फाइनान्सको खराब कर्जा ४.२६ प्रतिशतबाट बढेर ४.४२ प्रतिशत पुगेको छ। चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ छ। फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७