ओलीको अभिव्यक्ति र निर्लज्ज व्यवहार तानाशाहको अन्तिम बरबराहट जस्तै : रामचन्द्र पौडेल


१३ माघ २०७७, मंगलवार
Ramchandra Poudel

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनविरुद्धको जारी नागरिक आन्दोलनमा आफ्नो साथ–समर्थन रहेको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

Capture 5

‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनु भएको छ,’ पौडेलले आज (मंगलबार) सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो ।’

यस्तो दमनले नागरिकलाई थप उर्जा प्रदान गर्ने भन्दै नेता पौडेलले अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने बताएका छन् । नेता पौडेलले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेलगतै उक्त कदमको विरोध गर्दै आएका छन् । उनले प्रधानमन्त्रीको यो कदम असंवैधानिक र लोकतन्त्र विपरीत भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७