‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल-२०२१’ मा २१ प्रतियोगी छानिए


१७ माघ २०७७, शनिबार
3 2

काठमाडौं, १७ माघ । सिजन मिडियाद्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१’ को चौंथो संस्करणको अडिसन आज (शनिबार) सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ ।

विवाहित महिलाहरुको सहभागितालाई ध्यानमा राखी सिजन मिडियाले यो निरन्तरता दिदै चौंथो चरणका लागि कार्यक्रम गर्न लागेको सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधर बताउँछिन् ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमता विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना हुँदै आएको छ ।

2 2

विगत ११ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ४ वर्षदेखि निरन्तर यो प्रतियोगिता गर्दै आएको छ । यो चौंथो संस्करणको लागि अडिसनबाट २१ प्रतियोगी छनौट गरिएको छ ।

उक्त छनौट कार्यक्रममा निर्णायकको भूमिकामा अफिसिल अन्तर्राष्ट्रिय कोरीयोग्राफर रोजिन साक्य मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसी र मिसेस व्यूटी क्वीन नेपाल–२०१९ की विजेता शान्ति लिम्बू र सिजन मिडियाका अध्यक्ष ताथ फोटो पत्रकार प्रदीपराज वन्त रहेका थिए ।

छनौट भएका २१ प्रतियोगीहरुलाई माघ १८ गते आइतबारबाट प्रशिक्षण दिइने छ । सो क्रममा शारीरिक तन्दुरुस्ती, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकाससम्वन्धी प्रशिक्षण, हिड्न, बोल्न र प्रश्न उत्तर सिकाइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको बारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदिलगायतका विधामा भने कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्नेछिन् । साथै नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम साथै आन्तरिक प्रतिभा तथा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

यस कार्यक्रम आगामी फागुनको द्रोस्रो साता सम्पन्न हुनेछ । साथै कार्यक्रममा सहभागी भएर प्रथम हुनेले ‘लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल २०२१’ को ताजसहित फ्रिज तथा सिंगापुर भ्रमणको लागि हवाइ टिकट पाउने छन् । फष्ट रनरअप र सेकेण्ड रनरअपलाइ पनि क्रमस टिभि, भ्याकुम र सिंगापुर भ्रमणका लागि हवाई टिकट पाउने छनु ।

यस्तै तीन जना विजेतालाई लेट मिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७