नेपालकै ठूलो ढल्केबर सबस्टेसन प्रधानमन्त्रीले गरे उद्घाटन


१९ माघ २०७७, सोमबार
DCIM100MEDIADJI_0024.JPG

धनुषा, १९ माघ । धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) उद्घाटन गरेका छन् ।

हेलिकप्टरबाट ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०–१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका छन् ।

dhalkebar substation 0122021082826 1000x0 1

नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन भने नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको हो । २२०–१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन कार्यक्रममा सहभागी भएकाथिए । ‘राष्ट्रिय विद्युत् विकास दशक’ कार्यक्रमअन्तर्गत ढल्केबरमा जीआईएस प्रविधिमा आधारित स्वचालित ४ सय केभीको सबस्टेसन निर्माण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७