एनसेलले ल्यायो भारतमा कल गर्न , भ्वाइस प्याक योजना


२१ माघ २०७७, बुधबार
ncl scaled

काठमाडौं, २१ माघ । एनसेल आजियाटा लिमिटेडले भारतमा फोन गर्न भ्वाइस प्याक योजना ल्याएको छ। एनसेलले आफ्नो विन्टर अफरअन्तर्गत यो योजना ल्याएको हो। जसमा दैनिक र तीन दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु छन्।

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो।

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित २५ रुपैयाँमा भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन्। दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ।

यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले *१७११८*७*१# डायल गर्न सकिने कम्पनीले बताएको छ। त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि तीन दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ। यो भ्वाइस प्याक ग्राहकले कर सहित मात्र १४ रुपैयाँमा खरिद गर्न सक्छन्। १.९९ रुपैयाँ प्रति मिनेट (कर सहित २.५४रुपैयाँ प्रति मिनेट) को दरमा कल गर्न सकिन्छ।

भ्वाइस प्याक बिना भारतमा कल गर्दा २.९९ रुपैयाँ प्रति मिनेट (कर सहित ३.८२ रुपैयाँ प्रति मिनेट) रहेको छ। प्रिपेड ग्राहकले *१७११८*७*१#डायल गरी यो भ्वाइस प्याक लिन सक्छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७