ओली सरकारमा धुर्मुस भौतिक पूर्वाधार मन्त्री !


६ फाल्गुन २०७४, आईतवार
sita

काठमाण्डौं, ६ फागुन : लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भइरहेको छ । दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई मन्त्री बनाएर जनतामा सकारात्मक सन्देश प्रवाहित गरेको छ । लालबाबु जस्ता स्वच्छ छवि भएका र काम गर्नेलाई सरकारमा लगे जस्तै मन्त्रीमा गैरराजनीतिक र जनताबीच लोकप्रिय मान्छेलाई सरकारमा पुर्‍याउनु पर्ने नागरिकको माग रहँदै आएको छ ।sita

नागरिकको यहि माग पूरा हुने भएको छ । किनकी ओली सरकारमा हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) पनि मन्त्री बन्दैछन् । तर, प्रधानमन्त्री ओली आफैले धुर्मुसलाई मन्त्रीमा लैजान लागेका भने होइनन् । न त सीताराम कट्टेलले नै मलाई मन्त्री दिनु पर्‍यो भनेका छन् ।dhun

अहिले सामाजिक सञ्जालहरुमा सामाजिक क्षेत्रमा राम्रो काम गरेका ब्यक्तित्वहरुलाई लैजानुपर्ने धारणाहरु प्रकट भइरहेका छन् ।
सामाजिक सञ्जालहरुमा भूकम्पपछि मुसहर बस्तीदेखि सिन्धुपाल्चोकका बस्तीमा घर बनाउने कलाकार सीताराम कट्टेल धुर्मुसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन सुझाव दिएका छन् ।dhu

सामाजिक सञ्जाल फेसबुकमा ऐश्वर्या प्याकुरेल बस्यालले धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, लोडसेडिङ हटाउने जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउनुपर्ने, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउनुपर्ने सुझाव दिएकी छन् । यीमध्ये नवराज सिलवाल मात्र सांसद हुन् । नेपालको संविधान २०७२ मा सांसद नभएको ब्यक्ति मन्त्री हुन पाउँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७