भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित


३ फाल्गुन २०७७, सोमबार
116950707 realmadrid

काठमाडौं, ३ फागुन । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

गए राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २ शून्य गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।
भ्यालेन्सियामाथिको जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

रियलले २३ खेलमा ४९ अंक जोडेको छ । तर, रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा अझै ५ अंकले पछि रहेको छ । भ्यालेन्सिया २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै रियल सोसीडाडले गेटाफेलाई १ शून्यले हराएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७