एमाले र माओवादीद्वारा कानुन व्यवसायीसँग छलफल,‘निर्वाचन सारे प्रतिवाद’


२५ आश्विन २०७४, बुधबार
KP oli and puspakamal dahal Prachand

काठमाडौं: वाम गठबन्धनमा सामेल दलका नेताहरूले सरकारले निर्वाचन सार्न खोजे प्रतिवाद गर्ने भएका छन्। निर्वाचन आयोगसँगको छलफल र सहमति तथा वाम गठबन्धनका दलसँग छलफल नगरी निर्वाचन सार्ने तयारी गरे प्रतिवादमा उत्रने चेतावनी दिएका हुन्।KP oli and puspakamal dahal Prachand

वामपन्थी दलहरूको गठबन्धनबाट अत्तालिएर सरकारले १० मंसिरमा तोकिएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने तयारी गरेको आशंका वाम गठबन्धनका दलले गरेका छन्। सरकारको त्यस्तो तयारी विफल पार्ने र निर्धारित मितिमै निर्वाचन गराउन प्रधानमन्त्री र कांग्रेस नेतृत्वमाथि दबाब बढाउने निष्कर्षमा पनि वाम गठबन्धनका दुई दल पुगेका छन्।

मंगलबार एमालेरमाओवादी दुवै दलका शीर्ष नेतृत्वले सरकारले चाल्न सक्ने ‘स्टेप’को वैधानिकता रहने नरहने विषयमा कानुन व्यवसायी बोलाएर छलफलसमेत गरेका छन्।
आफूनिकट कानुन व्यवसायी तथा कानुनी पृष्ठभूमिका सांसदहरूलाई बोलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतृत्वले यसबारे परामर्श गरेको माओवादी केन्द्रका सांसद रामनारायण विडारीले जानकारी दिए। आजको अन्नपुर्णमा खबर छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७