आईपीएलकै इतिहासमा महँगा खेलाडी बने क्रिस मोरिस


६ फाल्गुन २०७७, बिहीबार
5e154291b0e7fd25b09f092c5f358911 w1000 h500 cp

काठमाडौं, ६ फागुन । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इण्डियन प्रिमियर लिग आईपीएलको इतिहासमै महँगा खेलाडी बनेका छन् । १४ औं संस्करणको आईपीएलका लागि चेन्नईमा अहिले भइरहेको अक्सनमा राजस्थान रोयल्सले मोरिसलाई १६.२५ करोड भारुमा अनुबन्ध गरेको हो ।

यसअघि दिल्लीले सन् २०१५ मा युवराज सिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो । यस्तै विदेशी खेलाडीतर्फ भने अष्ट्रेलियाका प्याट कमिङ्स महँगा थिए । कमिङ्सलाई कोलकताले सन् २०२० मा १५.५० करोडमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७