गरिमा विकास बैंककाे ‘मेरो सेयर बचत खाता’ सार्वजनिक


७ फाल्गुन २०७७, शुक्रबार
1567324666Garima

काठमाडौं,७ फागुन । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ ।

यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सयमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्नेछन् । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बैङ्ले जनाएको छ ।

कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५.५५ ब्याजदर प्रदान गर्ने बताएको छ ।

जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्देश्य रहेको यस बैंककका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७