सिभिल बैंककाे १०औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित


९ फाल्गुन २०७७, आईतवार

काठमाडौं , ९ फागुन । सिभिल बैंक लिमिटेडले १०औं वार्षिक साधारण सभाले ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजीको ८५ का दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.४२५ का दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले आ।व। २०७७र०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बी.एस.एम।एन्ड एसोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरहुने वा स्वदेशीरविदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७