शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै


१५ फाल्गुन २०७७, शनिबार
1475415510b division

काठमाडौं, १५ फागुन । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।

पुलचोक स्पोर्टस् क्लब १ अंकसहित तालिकाको पुछारमा अर्थात् १२ औं स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औं स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

बाँसबारी १४ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । यसअघि हिजो भएका खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए ।
सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७