प्रधानमन्त्रीको राजीनामा रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको छ : सञ्चारमन्त्री गुरुङ


१७ फाल्गुन २०७७, सोमबार
RS KTM InformationMiistera scaled

काठमाडौं, १७ फागुन । सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भन्दै अब संसद्बाटै फैसला हुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सोमबार उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।

संसद पुनःस्थापना भएपछि अधिवेशन अनिवार्य भएको र प्रतिनिधिसभा बैठक बोलाउनल सिफारिस गरेर अदालतको आदेशको कार्यान्वयन गरेको बताए । ‘प्रधानमन्त्रीले राजीनामा गर्नु हुन्न र संसदीय प्रक्रियाबाटै अब संसद् अधिवेशन आह्वान भइसकेको छ । त्यसबाटै आफ्नो फैसला गर्ने कुरा म राख्न चाहन्छु’, प्रवक्ता गुरुङले भने, ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरूले राजनीतिक ढंगबाट संन्यास लिँदा अझ राम्रो हुने पो देखिन्छ ।’ उनले प्रधानमन्त्री ओलीले अहिले मैदान खाली नगर्ने पनि बताए ।

प्रतिनिधिसभा विघटन बदरपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा उठिरहेको भन्दै शुरुमा आफूहरू पनि अन्योलमा परेको उनको भनाइ थियो । तर, सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनः स्थापनापछि प्रधानमन्त्रीले राजीनामा गर्न ुहुँदैन भन्ने कुराको फैसलाले प्रष्ट भएको गुरुङले बताए ।

‘सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक, नैतिक हिसाबले आफ्नो जिम्मेवारी पन्छिन र भाग्न पाइँदैन, नेपाली जनताको सार्वभौम संसदीय प्रणाली अनुसार निर्वाचित व्यक्तिले सञ्चालन गर्नु जिम्मवारीको विषय हो भनेर पृष्ट ९ मा भनेको छ’, मन्त्री गुरुङले भने, ‘अहिले प्रधानमन्त्री राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७