ला लिगा : रियल बराबरीमा रोकियो


१८ फाल्गुन २०७७, मंगलवार
thumb

काठमाडौं, १८ फागुन । रियल म्याड्रिड स्पेनी ला लिगामा सोमबार रियल सोसिडाडसँग १–१ को बराबरीमा रोकिएको छ । भिनिसियस जुनियरले रियलका लागि आफ्नो सयौं खेल खेल्दै अन्त्यतिर बराबरी गोल फर्काए ।

सोसिडाडले पोर्टुको गोलले अग्रता लिएको थियो । खेल सकिन एक मिनेट अगाडि गोल गर्दै जुनियरले जिनेदिन जिदानको टिमलाई एक अंक दिलाए । यो खेलपछि रियलको २५ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

बार्सिलोना समान अंकमा दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने २४ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७