प्रिमियर लिग : म्यान्चेस्टर सिटीलाई १५ अंकको अग्रता


१९ फाल्गुन २०७७, बुधबार
117362421 manchestercity

काठमाडौं, १९ फागुन । इङलिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले लगातार २१ औं जित निकालेको छ । गत डिसेम्बर १५ यता खेलेका सबै प्रतियोगिताको सबै खेल जितेको म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा पनि १५ अंकको अग्रता लिएको छ ।

गए राति भएको खेलमा सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–१ ले हरायो । सिटीका लागि ग्याब्रियल जिससले दुई गोल गर्दा रियाद माहारेजले एक गोल थपे । अर्को एक गोल वुल्भरह्याम्पटनका डेन्डोन्करले आत्माघाति स्वरुप गरेका थिए ।

जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको छ ।
एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५० अंकसहित दोस्रो स्थानमा रहँदा ४९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७