प्रिमियर लिगका अन्तिम खेल दर्शकले रङ्गशालाबाटै हेर्न पाउने


२९ फाल्गुन २०७७, शनिबार
brighton1

काठमाडौं, २९ फागुन । यो सिजनको अन्तिम दुई चरणका खेलमा दर्शकले रङ्गशालाबाटै इङलिस प्रिमियर लिगका खेल हेर्न पाउने भएका छन् ।

प्रिमियर लिगले सिजनका अन्तिम दुई चरणका खेलमा दर्शकलाई रङ्गशाला आउन दिने तयारी भएको प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले बताएका छन् ।

यही मे १७ देखि १० हजार दर्शकलाई रङ्गशालामा आउन दिइने छ । हरेक क्लबले आफ्नो मैदानमा दर्शकको अघि खेल्न पाउने छन् । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अधिकांश खेल दर्शकबिहीन रङ्गशालामा आयोजना गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७