नेकपा एमालेको जारी राष्ट्रिय कार्यकर्ता भेला {LIVE}


४ चैत्र २०७७, बुधबार
Nekapa amale Live

काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता जारी छ। ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको हो ।

ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । बैठकको अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएको छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।

नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा शुरु भएको छ ।

भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन् ।

आयोजकहरुले भेलामा देशभरबाट झण्डै ३५ सय सहभागी रहेको दावी गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते आफू निकट केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७