दोगडेखोला लघु जलविद्युत् आयोजनाबाट विजुली उत्पादन शुरु, स्थानीय हर्षित


५ चैत्र २०७७, बिहीबार
bijuli
फाइल फोटो

बझाङ, ५ चैत । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट क्षमताको दोगेडे खोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । सो आयोजनाबाट गाउँपालिकाको आधा दर्जनभन्दा बढी गाउँका स्थानीयवासी लाभान्वित भएका छन् । आयोजनाबाट विनाडा, भाडसैन, त्याडिगाउँ र गाँजरीलगायतका गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

करीब रु दुई करोडकोे लागतमा निर्माण भएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्नका लागि थापागाउँ, सिङराली, गोठेखान र रोतागाडाको स्थानीयवासीको घरमा वाइरिङको काम सञ्चालनमा रहेकाले ती गाउँमा पनि छिट्टै बिजुली बत्ती पुर्‍याउने योजना रहेको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७