१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो खनाल–नेपाल समूहको राष्ट्रिय भेला (पूर्णपाठ)


५ चैत्र २०७७, बिहीबार
nepal samuha scaled

काठमाडौं, ५ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज (बिहीबार) सकिएको छ ।

बुधबारबाट शुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझाव समेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसला विपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको भेलाले निष्कर्ष निकालेको छ ।


ओलीका विभिन्न गतिविधिप्रति दुःख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनः स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोशिस गरिएको भेलाको निष्कर्ष छ । यस्तै, ओलीका कदमविरुद्ध दृढताका साथ उभिन कार्यकर्तालाई आह्वान गरेको छ । ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ ।

uml nepal samuha


भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आव्हान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न पनि माग गरेको छ ।
हेर्नुस् यस्तो छ पूर्णपाठ

pr 1
pr 1 1
pr 2
pr 3
pr 4
pr 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७