एमाले ओली समूहको बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा


७ चैत्र २०७७, शनिबार
Bamdev Gautam 1 scaled

काठमाडौं, ७ चैत । नेकपा एमाले नेता वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका हुन् ।

एमाले ओली समूहको संसदीय दल र केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ । धानमन्त्री निवास बालुवाटारमा आज बिहान १०: ० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गते तोकिएको छ ।

यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।

शुक्रबार काठमाडौंमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७