कपाल काट्न मेकअप स्टुडियो पुगे कलाकार मदनकृष्ण श्रेष्ठ


१७ चैत्र २०७७, मंगलवार
166278288 469902207461877 1845316720589250377 n

काठमाडौं, १७ चैत । काठमाडौंको वीर अस्पताल पछाडि महाबौद्धमा टुलिपयुनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप स्टुडियो सञ्चालमा आएको छ ।

उक्त मेकअप स्टुडियोको वरिष्ठ हाम्स्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपालका विजेताहरुले संयुक्तरूपमा उद्घाटन गरेका छन् । विगत एक दशकदेखि विभिन्न व्यवसाय गर्दै आएकी रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त लगानीमा महाबौद्धस्थित आकार कम्प्लेक्समा सुविधासम्पन्न युनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप सञ्चालनमा आएको हो ।

166494558 864933727737746 2580313635115973042 n

उक्त कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यावसायिक सफलताका लागि शुभकामना दिँदै महिला दिदीबहिनीहरुलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र आफ्नो मेहनतका साथै कला क्षमता प्रदर्शनसँगै आम्दानीको माध्यम भएकाले व्यावसायिकरूपमा सफल भएर अगाडि बढ्न मद्दत पुगेको बताए ।

कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने आचार्यले महिलाहरु घरको चुलाचौकाभन्दा माथि उठेर यस क्षेत्रमा लागि स्वरोजगार बन्न ठूलो अवसर प्राप्त भएकाले यसलाई ठूलो उपलब्धी मान्न सकिने बताइन् ।

उक्त स्टुडियोमा अनुभवी व्यूटीसियनहरुद्वारा कपाल काट्ने, हेयर स्टाइलिङ गर्ने, बडीवाक्स, फेसियल, मेनीकियर, पेडीकियर, आइल्यास एक्स्टेन्सन, मेहेन्दीलगायत विवाहका लागि सम्पूर्ण महिला तथा पुरुषलाई आवश्यक पर्ने मेकअपको सेवा दिइने छ ।

166090713 454444279170540 5472717046049998739 n

स्टुडियोको उद्घाटनको अवसर पारेर एक महिनासम्म महिला तथा पुरुषको लागि सम्पूर्ण सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक रसुमिला श्रेष्ठले जानकारी दिइन् । आगामी दिनमा नियमित ग्राहकका लागि पनि विशेष छुटको अफर योजनाहरु पनि रहेको उनले बताइन् । कार्यक्रमको संयोजन सिजन मिडियाले गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७