माछापुच्छ्रे बैंकको ‘कन्ट्याक्ट लेस कार्ड’ सेवा सुरु


२० चैत्र २०७७, शुक्रबार
d043949cda301f2f2b8534ccdf7ee85d w1000 h500 cp

काठमाडौं, २० चैत । माछापुच्छ्रे बैंक लि। ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ।

आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा संचालनमा ल्याएको हो। कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस ९पोइन्ट अफ सेल्स० मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ।

कन्ट्याकलेस कार्ड अन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु। दुई हजारसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने दुई हजारभन्दा बढीको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ।

बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ। उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखि कन्ट्याक्ट लेस कार्ड लिन सकिनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७