सेयर बजारमा करेक्सन : सात उपसमूहको कारोबार घट्यो


२६ चैत्र २०७७, बिहीबार
Nepal Stock

काठमाडौं, २६ चैत । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये ट्रेडिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।
कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले, युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मूल्य घटेको छ । मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ बिन्दुमा पुगेको थियो । बुधबार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ बिन्दुमा झरेर बन्द भएको हो ।

मंगलबार १५ दशमलव ७२ अंक बढेर बन्द भएको बजार २ हजार ६९४ दशमलव ५४ बिन्दुदेखि खुला भएको थियो । यो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलव ८५ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचकमा सामान्य करेक्सन आएको यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंक बढेर ४७६ दशमलव ८० बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ । मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर कारोबार भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७