प्रधानमन्त्रीले भने : संघीयताप्रति जनतामा वितृष्णा बढ्यो, विकल्प खोज्न थाले


३० चैत्र २०७७, सोमबार
kp oli 5

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको र यसको विकल्प खोज्न थालेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताले कामै गरेन भन्दै यो काम नलाग्ने रहेछ भन्न थालेको बताए ।

उनले भने, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्री भनेका छन् । सांसद भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् । संघीयता चल्ने रहेनछ भन्न थालेका छन् ।’

ओलीले भने, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसले देशमा वितण्डा मच्चाए । जसले लोकतान्त्रिक पद्धतीविरुद्ध लागेर लोकतन्त्रवादी र वामपन्थीलाई मार्ने काम गरे । दक्षिणपन्थी र अराजकतावादीसँग मिलेर जनता मारे त्यसका पछि लाग्नेको कुन हबिगत हुन्छ हेर्दै जानुहोला ।’

आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै उनले भने, ‘उल्टै भष्मासुरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोज्ने । मलाई नै पार्टीबाट हटाए । पार्टी अध्यक्ष, दलको नेता र सदस्यबाटै निष्काशन गरे । तमासा देखाइएको छ, केटाकेटीलाई दशैं आएझै भएको छ ।’

ओलीले थप्नुभयो, ‘पार्टी कब्जा गर्‍यौं । केपी ओलीलाई समाप्त पार्‍यौं भनेको होयन ? केपी ओलीलाई भित्तामा पु¥याउने रे ? कोहीले धूलोमा पुर्‍याउने, सिध्याइदिने रे । सबैतिर हटाएकाहरुले संसद विघटित भएकाले संसद सदस्यबाट निकाल्न नसकेको । नत्र त संसदबाटै निकाल्थे ।’
माधव नेपालहरु एमाले फुटाउन लागेको आरोप लगाउँदै ओलीले कुरा चाहिँ एमाले नै बलियो बनाउने गर्ने अनि गतिविधि चाँहि अर्कै गर्ने भन्दै व्यङग्य समेत गरे ।

प्रचण्ड–माधव नेपालले कांग्रेस समक्ष बिन्तीपत्र हाल्न गएको भन्दै उनले भने, ‘जो भेट्यो त्यसलाई प्रधानमन्त्री भइदेउ न भन्या छ । शेरबहादुरदेखि महन्थसम्मलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । त्यो किनभन्दा कम्युनिष्ट सरकार ढाल्न र कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७