सर्वदलीय वैठकमा नआएपछि प्रदीप ज्ञवालीले भने, ‘माओवादी बिना पनि देश चल्छ’


४ बैशाख २०७८, शनिबार
Pradeep Gyawali

काठमाडौं, ४ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बालुवाटारमा आयोजना गरेको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र अनुपस्थित भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आक्रोश व्यक्त गरेका छन् ।

उनले माओवादी केन्द्र बिना पनि देश चल्ने बताएका छन् । नेपाली कांग्रेस, जसपा, नेमकिपा तथा राप्रपाका नेताहरु सर्वदलीय वैठकमा सहभागी भए पनि माओवादी भने सहभागी भएन । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी भएनन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले शुक्रबार बिहान दाहाललाई फोन गरेर भेट्न आग्रह गरेका थिए । ‘प्रचण्ड कमरेड बिहान कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटनमा हुनुहुन्थ्यो, त्यतिबेला फोन गर्नुभएको थियो । फोनमा उहाँले तपाईं, म शेरबहादुर देउवाजी बालुवाटारमा बसौं, कुराकानी गरौं भन्नु भएको थियो’, स्रोतले भन्यो, ‘प्रचण्डले बालुवाटारमा होइन भेट्ने हो भने सिंहदरबार तय गरौं भनेपछि कुराकानी टुङ्गिएको थियो । पछि सर्वदलीय बैठक भनेर हल्ला भयो । यसबारे प्रचण्डसँग कुनै कुरा भएको छैन ।’
सर्वदलीय बैठक भनेर खबर नगरिएकाले प्रचण्ड सहभागी हुन अनुपयुक्त रहेको निष्कर्षमा पुगेको स्रोतले बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७