सुन्दरहरैंचामा एमालेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम


५ बैशाख २०७८, आईतवार
sundar haraichha

बेलबारी(मोरङ), ४ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुन्दरहरैंचा नगर कमिटीले शनिबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

एमाले नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल, एक नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, प्रदेश कमिटी सदस्य लक्ष्मी फुँयाल, जिल्ला नेताहरु अजम्बर राई, धना तामाङ, केदार गुराँगाई, इशान राई, ज्ञानेन्द्र ओझा, विसनलाल चौधरी, खेम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पण्डितले नेताभन्दा पार्टी माथी हुने भएकाले पार्टीको नीति, सिद्धान्त र निर्देशनलाई सबै नेताले मान्नु पर्ने वताए । माक्सवाद सिद्धान्त एउटै भएपनि देश र समाज अनुसार फरक भएको उद्घृत गर्दै उनले नेपाल र चीन विच तुलना गरे । उनले नेपालको संविधानले समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरिसकेको वताए । राजनीति पेशा नभएकाले सबै नेता कार्यकर्ता श्रमसँग जोडिएर सेवाको रुपमा लाग्नुपर्ने उनले व्यक्त गरे । उनले अबका दिनमा आफ्नो जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने र पालुवा फेरिए झैं नयाँ नेता तथा कार्यकर्ता उत्पादन गर्ने तर्फ जोडदिनुपर्ने व्यक्त गरे ।
पार्टी भित्रका सबै नेताको इच्छाहरु सोच्ने बित्तिकै पूरा नहुने भएकाले यथार्थमा सबै अघि बढ्नुपर्ने वताए । पार्टीले नयाँ काँचुली फेरेको र सुधारिएको एमाले भित्र पुनर्ताजगीका साथ अघि बढ्न निर्देशन समेत गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै राज्यमन्त्री ओझाले देशले बिकासको फड्को मारेको कुरा जनताले प्रत्यक्ष महसुस गरिरहेको वताए । ठुला तथा गौरबका धेरै योजनाहरु सरकारले अघि बढाईरहेकाले यसलाई पूरा गर्न जनताले नेकपा एमालेलाई साथ दिनुको कुनै बिकल्प नरहेको उनले वताए ।

कार्यक्रममा जनसाँस्कृतिक महासंघका कलाकारहरुले एमालेका गीतहरु प्रस्तुत गर्दैगर्दा वृद्द तथा महिलाहरु स्फुर्तीका साथ उठेर छमछमी नाँचे । त्यस्तै खुट्टा तथा पेटको समस्याबाट ग्रस्त सुन्दरहरैंचा(१२ का विपन्न युवा जीवन सार्कीलाई सो कार्यक्रममा उपस्थित सबैले उपचारार्थ एकमुष्ट सहयोग संकलन गरे । माक्स तथा सेनिटाइजरको प्रयोग गरी विराटचोक स्थित जेसिज भवनमा सम्पन्न कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७