विद्रोहीसँगको युद्धमा गोली लागेर मारिए चाडका राष्ट्रपति


७ बैशाख २०७८, मंगलवार
4d52dfab7dc6f42403867d2271305fc1 w1000 h500 cp

काठमाडौं, ७ बैसाख । अफ्रिकी राष्ट्र चाडका राष्ट्रपति इडरिस डेबी इट्नोको विद्रोहीको गोली लागेर मृत्यु भएको छ । एएफपीका अनुसार विद्रोहीसँगको युद्धका क्रममा पहिलो पंक्तिमा रहेर लडिरहेका राष्ट्रपतिको मृत्यु भएको हो ।

सोमबार मात्र उनी छैठौं कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । चाडको सेना प्रमुखले ६८ वर्षका राष्ट्रपतिको मृत्यु भएको जानकारी दिएका हुन् । राष्ट्रपति इडरिस डेबीको मृत्यु भएसँगै यतिबेला उनको छोरा जनरल महामत काकालाई अन्तरिम सरकार प्रमुख बनाइएको छ ।

गत शनिबार मात्र चाड सरकारले विद्रोहीसँगको युद्धको क्रममा ३ सय विद्रोही मारिएको बताएको थियो भने १५० विद्रोहीलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो । त्यस दिन पाँच सरकारी सेनाको मृत्यु भएको थियो भने ३६ घाइते भएका थिए । सन् १९९० को दशकमा उनी पनि विद्रोही समूहको नेता थिए । त्यसयता निर्वाचनमा भाग लिएर सत्तामा आएका उनी लगातार ३ दशक सत्तामा थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७