अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह


२३ बैशाख २०७८, बिहीबार
oxygen 1 1

काठमाडौं, २३ बैसाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता गर्न उद्योगहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन सिलिन्डर सरकारको निर्णय विपरित धेरै उद्योग धन्दाहरुमा प्रयोग भइरहेको पाइएको बताएको छ । मन्त्रालयले त्यस्ता सिलिन्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेको हो ।

सरकारको यस निर्णयको उल्लंघन गरेको पाइएमा संक्रमक रोग ऐन, २०२० को आधारमा अनुगमन गरि कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलव्ध गराउने व्यवस्था गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले आग्रह गरेको छ ।
सूचना

health press23

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७