ओलीले विश्वासको मत नपाउने पक्का : जसपाका उपेन्द्र-बाबुराम पक्षले विपक्षमा मतदान गर्ने

महन्थ–महतो पक्षलाई आफूखुसीको अधिकार


२६ बैशाख २०७८, आईतवार
Upendra yadav babauram bhattrai and ashok rai

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।

डा.भट्टराई र यादवपक्षको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । आइतबार जसपाको शीर्ष नेताको बैठकले सोमबार हुने सरकारलाई विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने निर्णय गरेको थियो ।

डा. भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा राखेका थिए । यसपछि बैठकमा मध्यमार्गी सहमति खोज्दै ह्विप जारी नगर्ने निर्णय गरिएको थियो । लगत्तै बैठक बसेर डा.भट्टराई र यादव पक्षले विपक्षमा मदतदान गर्ने निर्णय गरेको हो । श्रेष्ठका अनुसार उनीहरुको पक्षका १८ सांसदले विपक्षमा मतदान गर्नेछन् ।

आइतबार बिहान राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीलाई मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतोलाई समेत लिएर काङ्ग्रेस सभापति देउवासंग डेढघन्टा छलफल गरे थिए ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्‍मा एमालेका १ सय २१ सांसद छन् । विश्वासको मत पाउन १ सय ३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् । नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । जसपाका १८ जना संसदले विपक्षमा मतदान गरे वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदले राजीनामा नदिए पनि ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७