ओलीको त्यो अडानले एमालेमा कुरा बिगार्‍यो


२७ बैशाख २०७८, सोमबार
kp oli 2 scaled

काठमाडौं, २७ बैसाख । प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिब करिब सहमति जुटेको थियो ।

दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी कमिटी राख्ने विषयमा छलफल भएको थियो । त्यसमा नेपाल पक्षका नेता तयार भएका थिए ।

ओली पक्षले पदाधिकारीलाई राख्ने कि नराख्ने भन्नेबारेमा ओलीलाई सोध्नु पर्ने बताएपछि यस विषयमा थप छलफल गर्ने भनिएको थियो । नेपाल पक्षले तत्कालीन जिल्ला अध्यक्षलाई कायम राख्ने भन्दा ओली पक्षले अहिले ओली समूहले नियुक्त गरेका जिल्ला अध्यक्ष कायम हुनुपर्ने अडान लिएको थियो । यस विषयमा नेपाल पक्षका नेताले नेपाललाई सोधेर जानकारी दिने भनेका थिए ।

ओलीले पदाधिकारी नदिने, हाल नियुक्त जिल्ला अध्यक्ष नहटाउने र नेपाल पक्षका नेताका बारेमा पनि केही नगर्ने जस्ता कुरा राखेपछि नेपाल पक्ष बिच्किएको थियो । ओली पक्षले शुक्रबारको बैठकलाई शनिबार पनि निरन्तरता दिने भनेको थियो तर संवाद नै हुन सकेन ।

ओली पक्षले पदाधिकारी नब्युँताउने, साबिकको स्थायी कमिटी होइन, अहिलेको स्थायी कमिटीमा पदाधिकारी थपिने भए मात्रै कुरा अघि बढ्ने नत्र ओली नमानेको जानकारी गराएपछि संवाद टुटेको स्रोतको दाबी छ । ‘ओलीले चाहे एक मिनेटमा विवाद अन्त्य हुन्छ । उनले नै विवाद मिलाउन चाहेका छैनन्, जसरी पनि पार्टीबाट निष्कासन गर्न खोजेका छन्’, नेपाल निकट एक नेताले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७