अक्सिजनको खाली सिलिन्डर लिन चीन जाँदै निगमको वाइडबडी विमान


२७ बैशाख २०७८, सोमबार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, २७ बैसाख । कोरोना माहामारीका कारण अक्सिजन सिलिन्डरको चरम अभाव भएपछि आज (सोमबार) नेपाल वायुसेवा निगमको विमान खाली सिलिन्डर लिन चीनको बेइजिङ जाँदैछ ।

तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सन समेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो ।

निगमको ए ३३० वाइडबडी विमान आज राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । त्यहाँको स्थानीय समय अनुसार विमान बिहान ७ः३० बजे बेइजिङ पुग्नेछ । बेइजिङबाट स्थानीय समयअनुसार भोलि बिहान १०ः३० बजे विमान काठमाडौंतर्फ उड्नेछ भने अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ । नेपालमा कोरोना संक्रमितको संख्या बढी अक्सिजन सिलिन्डरकै अभाव भएपछि सरकारले चीनबाट अक्सिजन सिलिन्डर ल्याउन लागेको हो ।

तत्कालका लागि ४ सयदेखि ६ सय थान सिलिन्डर ल्याउन लागेको भएपनि आवश्यकता अनुसार २० हजार थानसम्म अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी रहेको छ । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७