हेली एभरेष्टका तीन जना निर्देशकद्धारा सगरमाथा आरोहण


१ जेष्ठ २०७८, शनिबार
Heli Everest

काठमाडौं, १ जेठ । हेली एभरेष्ट प्रा.लिका तीन जना डाइरेक्टरहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । हेली एभरेष्ट मार्केटिङ डाइरेक्टर टसि लाक्पा शेर्पा अप्रेशन डाइरेक्टर तथा पाइलट क्याप्टेन केशवप्रसाद गौचन (सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले गत २०७८ बैशाख २८ गते बिहान ७ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

हेली एभरेष्ट प्रा.लिका प्रबन्धक निर्देशक फुरगेल्जे शेर्पाले विज्ञप्ति जारी गरी हेली एभरेष्ट प्रा.लिका तीन जना डाइरेक्टरहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण जानकारी दिदै खुसी व्यक्त गरेका छन् । विज्ञप्तिमा प्रबन्ध निर्देशक शेर्पाले भनेका छन्, ‘हाम्रो कम्पनी हेली एभरेष्ट प्रा.लिका तीन जना डाइरेक्टरज्यूहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सुखद जानकारी दिन पाउँदा हेली एभरेष्ट परिवार खुसी र गौरवबोध गर्दछ । उहाँहरुको टोली यही २०७८ बैशाख २८ गते मंगलबार बिहान ७ बजे सगरमाथाको शिखर ८ हजार ८ सय ४८.८६ मिटरमा पाइला राख्न सफल हुनु भएको हो ।’

प्रबन्धक निर्देशक शेर्पाका अनुसार उनीहरुले नयाँ रेकर्ड पनि कायम गरेका छन् । क्याप्टेन गौचनले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलटको रुपमा कीर्तिमान राखेका हुन् । मार्केटिङ डाइरेक्टर शेर्पाले यसअघि विश्वभर रहेका ८ हजार भन्दा माथिका सबै हिमालहरु तीन जना दाजुभाईहरुले एक साथ सफल आरोहण गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् । । प्रमोशन डाइरेक्टर शेर्पा उदयीमान युवा पर्यटन व्यवसायी हुन् ।

शेर्पाले कोभिड संक्रमितहरुको उद्दार उडानमा हेली एभरेष्ट रहेको पनि जनाएका छन् । उनले भनेका छन्, ‘नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण हामीले असाध्यै अप्ठ्यारो अवस्थाको सामना गरीरहेका छौं । यो कठिन परिस्थीतिमा कोभिड संक्रमितहरुको उद्दार उडानमा हेली एभरेष्ट प्रतिबद्ध रहेर सक्रिय रहेको पनि जानकारी गराउन चहान्छौं ।’

Heli Everest

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७