एनआरएनएको अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी, को हुन् जमुना ?


२६ आश्विन २०७४, बिहीबार
Jamuna Ghale

काठमाडौं : जमुना गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले उम्मेदवारीको घोषणा गरेकी हुन् । गुरुङले पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिन अनुरोध गरिन् ।

वर्तमान अध्यक्ष शेष घलेको सपना पूरा गर्न  र  ‘भिजन २०२० एण्ड वियोण्ड’’को प्रस्तावलाई कार्यान्वयनमा ल्याउन घले पत्नी समेत रहेकी गुरुङको उम्मेदवारी आवश्यक रहेको भन्दै माग व्यापक रुपमा आएपछि अध्यक्षमा उम्मेदवारी दिने अन्तिम निर्णय भएकाे बताइन्छ । वर्तमान अध्यक्ष घलेको अभियान र आन्दोलनमा जमुनाको साथ बलियो रहदै आएको छ । उनले एनआरएनएका मुख्य सरोकारवालाको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनालाई समयसीमा भित्र सम्पन्न गर्ने लगायतका एजेन्डा अघि सारेकी छिन् ।

Jamuna Ghale

एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन शनिबारबाट काठमाडौं सुरु हुँदैछ । यसअघि नै अध्यक्षको लागि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेदवारी घोषणा गरि सकेका छन् । विश्व सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

को हुन् जमुना ?

jamuna gurung

अस्ट्रेलियाको धनाढ्यको सूचीमा १०१ स्थानमा शेष र १०२ औं स्थानमा जमुना छन् । दुई दशकअघि अस्ट्रेलिया पुगेका घले दम्पत्ति शिक्षण व्यवसाय र रियलस्टेट बिजनेसमार्फत माथि उठेको हो । घलेको काठमाडौंमा आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल शेराटन निर्माणाधीन छ । जमुनाको अष्ट्रेलियाको एमआइटी कलेज आम्दाकनीको मुख्य स्रोत हो । उनको लगानी अष्ट्रेलिया र नेपालमा रहेको छ ।

जमुना एमआइटीको प्रबन्ध निर्देशक हुन्।  गुरुङ सन् १९९० मा विद्यार्थीका रूपमा आफ्ना श्रीमान् घलेसँगै अस्ट्रेलिया पुगेकी थिइन्। उनले उनका श्रीमान् घलेसँगै १ अर्ब रुपैयाँको परोपकारी कार्य गर्न कोष स्थापना गर्ने घोषणा समेत गरिसकेकी छन् । संस्थाको मार्गदर्शक दुष्टिकोण ‘भिजन २०२० एण्ड वियोण्ड’लाई सफल कार्यान्वयन गराउन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७