विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री, तीन मन्त्री मन्त्रालयविहीन


२१ जेष्ठ २०७८, शुक्रबार
sub minister

काठमाडौं, २१ जेठ । एमालेले संगठन विभाग प्रमुख विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेको छ । उनलाई पहिलो वरियताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागिएको एक नेताले जानकारी दिएका छन् ।

त्यस्तै यसअघि मन्त्रिपरिषद् हेरफेर हुँदा निकालिनेमा परेका रघुवीर महासेठ पुनः दोस्रो वरियताको उपप्रधानमन्त्रीसहित सरकारमा जाँदैछन् । जसपा (जनता समाजवादी पार्टी) बाट सरकारको नेतृत्व गर्ने राजेन्द्र महतो तेस्रो वरीयताको उपप्रधानमन्त्री बन्ने भएका छन् ।

अहिले एमाले महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्री छन् । आजै ओलीले जनता समाजवादी पार्टीबाट १० जना मन्त्रीलाई पनि नियुक्त गरी शपथ खुवाउँदै छन् । नव नियुक्त मन्त्रीहरूको शपथ ८ बजेलाई तय भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले पाउने आठ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच आज भएको छलफलमा आठ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको आठमध्ये पाँच मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् । नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७