ओलीको प्रस्तावमा ‘इमानदारिता नदेखिएको’ आरोप


२५ जेष्ठ २०७८, मंगलवार
kp madhav.khanal

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं नेपाल समूह नेता डा. बेदुराम भुषालले अध्यक्ष ओलीबाट पार्टी एकताका लागि इमानदारितापूर्वक प्रस्ताव नआएको बताए । सो प्रस्तावमा छलफल गर्न बसेको स्थायी कमिटी बैठकले ‘सर्त स्वीकार गरेर पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेको’ जानकारी उनले दिए ।

‘अध्यक्ष केपी ओलीको पार्टी एकताका लागि भनेर ६ बुँदे आएको प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा पुगेका छौं, सर्त मानेर एकता सम्भव छैन,’ डा. भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन ।

पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरेको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेका आधारमा पार्टी एकता हुन्छ ।’ ओली प्रस्तावमा पार्टीलाई ३ जेठपूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपा केन्द्रीय कमिटी सदस्यमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी संरचना गतिशील हुने उल्लेख छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७