फ्रान्सका राष्ट्रपति म्यांक्रोमाथि सडकमै झापड प्रहार


२६ जेष्ठ २०७८, बुधबार
9b54c5886dc211361a68437d01ce8fe2 w1000 h500 cp

काठमाडौं, २६ जेठ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् ।
सडकमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहँदा एक व्यक्तिले राष्ट्रपति म्यांक्रोलाई झापड हानेका हुन् ।

सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्यांक्रोका सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । वक्तव्यमा राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७