प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया बढाइनन् अघि, विपक्षी गठबन्धन छलफलमा


२९ जेष्ठ २०७८, शनिबार
Krishna chandra

पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि नबढाएपछि विपक्षी गठबन्धन आवश्यक रणनीति बनाउनेबारे छलफलका जुटेको छ ।

कांग्रेस सांसद विन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय ३ बजे सकिए पनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु छलफलमा जुटेका हुन् । जेठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज ३ बजेसम्मको समय दिएकी थिइन् ।

विपक्षी गठबन्धनका तर्फतबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् । तर ३ बजेसम्म कुनै जानकारी नआएको सांसद थापाले जानकारी दिए । सपथका लागि प्रदेश प्रमुखको निम्तो पर्खेर बसेका विपक्षी गठबन्धनका नेताहरु अब छलफलपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय हुने बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७