सीमा रक्षक देवनारायण एमालेमा प्रवेश


२६ आश्विन २०७४, बिहीबार
Dev Narayn Yadav

काठमाडौं : सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका देवनारायण यादव एमालेमा प्रवेश गरेको छ । उनले गत वर्ष भारतीय ज्यादतीको विरोधमा सप्तरीको तिलाठीस्थित नेपाल-भारत सीमा क्षेत्र (दशगजा) देशको भूमि जोगाउन सङ्घर्षमा उत्रेका थिए ।

Dev Narayn Yadav
फाइल तस्बिर

नेपालको भूमि बचाउन रगत बगाएर चर्चामा आएका सप्तरीको तिलाठी—कोइलाडी गाउँपालिकाका देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । तिलाठी कोइलाडी गाउँपालिकाका स्थायी बासिन्दा देवनारायण एमालेमा प्रवेश गर्न बुधवार काठमाडौं आएका थिए । सिंहदवारस्थित एमाले संसदीय दलको कार्यलयमा आयोजित कार्यक्रममा देवनारायण एमालेमा प्रवेश गरेका हुन् ।
एक वर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरूले प्रतिरोध गरेका थिए । भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरेको थियो ।
यादवलाई भारतीय प्रहरीले छोराले बालविवाह गरेको आरोपमा केही समय अघि पक्राउ गरेको थियो । भारतीय प्रहरीले उने प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट पक्रेर लगेको थियो ।
सरकारको कुटनीतिक पहलपछि देवनारायण केही दिनअघि भारतीय प्रहरीको हिरासतबाट मुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७