बाढी पीडित राहत तथा पुनःस्थापनाका लागि मेलम्ची नगरपालिकाको अपिल


५ असार २०७८, शनिबार
Melamchi flood help

काठमाडौं, ५ असार। सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडित राहत तथा पुनःस्थापनाका लागि मेलम्ची नगरपालिकाले अपिल जारी गरेको छ । शुक्रबार जारी अपिलमा मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष’ स्थापना गरेर सहयोगकको अपिल गरेको हो ।

बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुनःस्थापना गर्न र क्षति भएका संरचना पुनःनिर्माणका लागि नगरपालिकाले उक्त राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । सहयोग गर्न इच्‍छुक व्यक्ति, संघ संस्था, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहहरुले नेपाल बैंक मेलम्ची शाखामा रहेको कोषको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा जम्मा गरिदिन नगरपालिकाले अपिल गरेको छ । असार १ गते हेलम्बु गाउँपालिका र मेलम्चीमा नगरपालिकामा आएको बाढी पहिरोले धनजनको क्षति भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर–१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । चौरको ७५ प्रतिशतमध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउन समेत सूचनामार्फत आग्रह गरिएको छ ।

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सात जनाको मृत्यु भइसकेको छ । भने कैयौँ मानिसहरू विस्थापित भएका छन् । बाढीमा वेपत्ता हुनेको संख्या २० पुगेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले २० जना बाढीमा हराईरहेको जानकारी गराएको हो । बाढीले बगाएका तीन शव फेला परेको छ । बाढीमा परि पाँचजना घाईते सहित ९४ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७