गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन : कसलाई कुन मन्त्रालय ?


१२ असार २०७८, शनिबार
3aff13568dfbb732c310f00bb75c934d w1000 h500 cp

पोखरा, १२ असार । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ । गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहेका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनले अर्थ या भौतिक पूर्वाधारमा दावी गर्दै आएका थिए । यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने टुंगो लागेको छ । यसअघि उनले अर्थ मन्त्रालयमा दावी गर्दै आएका थिए ।

अर्का बिना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । मन्त्रीको कार्यविभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छैनन् । प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालयमध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले नै राखेका छन् । बाँकी मन्त्रीको नियुक्ति बजेट पारित भएपछि मात्रै गर्ने दलहरूबीच सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७