थप ४,९१४ ले जिते कोरोना, २,०१६ नयाँ थपिए, ३० जनाको मृत्यु


१२ असार २०७८, शनिबार
korona

काठमाडौं, १२ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९१४ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २,०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै १८१ जना छन् । यस्तै, ललितपुरमा ४३ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा नौ हजार ८१० स्वाब नमुनाको परीक्षण गरिएकोमा २,०१६ जनाको नतिजा पोजिटिभ आएको हो । ४,७०४ नमुनाको पीसीआर परीक्षण गर्दा १,१७४ र ४,८०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८,९७५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७