पोखरा र चितवनमा टिभिएस जुपिटर क्लासिक सार्वजनिक


१६ फाल्गुन २०७४, बुधबार
Pokhara

काठमाडौं,१५ फागुन । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको जुपिटर क्लासिक पोखराको सभा गृहमा र चितवनको भरतपुर ओरालोबाट सार्वजनिक गरेको छ ।Pokhara
क्लासिक संस्करणमा सनलाइट आइभोरी बडीकलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा रहेको कम्पनीले जनाएको छ ।
नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा आफैंमा युवाहरुमाझ स्थापित तथा लोकप्रिय भईसकेको छ । यसले चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिने कम्पनीको भनाई छ ।
‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ । पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देख्न्छि । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ ।
पूर्णतः मेटल बडिमा निर्माण भएको जुपिटर क्लासिक चलाउन निकै सजिलो हुने यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ। जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन मिल्ने यसले इको मोडमा गुडाउँदा इन्धन बचत गर्न मद्दत पुग्ने कम्पनीको जिकिर छ ।
यस कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्की र नेपाल आइडलका सुरज थापा उपस्थित भएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७