सिजीका ओमेगा ओमेगा ३ र ब्लेज एन स्मार्टफोन सार्वजनिक


१६ फाल्गुन २०७४, बुधबार
cg phone

काठमाडौं, १६ फागुन । सिजी मोबाइल्सले दुई स्मार्टफोन सार्वजनिक  गरेकाे ।  ओमेगा ३ बेजललेस र  १८ः९ डिस्प्ले रेसियोका साथमा उपलब्ध  स्मार्टफाेन सार्वजनिक गरेकाे हाे ।cg phone
फोनमा दुई वटा सिम अटाउने यस फोनमा नोगट ७.० को अपरेटिङ भर्सन, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबी र्याम तथा ८ जीबी इन्टरनल स्टोरेज क्षमता छ ।
फोनको पछाडि तर्फ ५ तथा सेल्फीका लागि २ मेगापिक्सेलको क्यामरा दिइएको छ । २,३०० एमएएच पावरको ब्याट्री समावेश यस फोनको मूल्य ७ हजार ८४९ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै ब्लेज एन मोडल फोनमा दुई वटा सिम सपोर्ट गर्छ । एन्ड्रोइड नोगट ७.० भर्सनमा उपलब्ध यस फोनमा १.२ गीगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज क्षमता दिइएको छ ।
फोनमा ८ मेगापिक्सेलको पछाडिको तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ। फोनको मूल्य ७ हजार ३४९ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७