अनमोलको ‘कृ’ प्रति यसरी आक्रोशित बने अनुपविक्रम ?


१६ फाल्गुन २०७४, बुधबार
Anup Bikram Shahi 1

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’ यति बेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । मिश्रित प्रतिक्रिया पाएको चलचित्रमा नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी मुख्य भूमिका प्रस्तुत भएका छन् । त्यस्तै अर्का नायक अनुपबिक्रम शाही कृमा नकारात्मक भूमिकामा देखिएका छन् । ‘निगम बाबा’ को भूमिकामा देखिएका अनुपको अभिनयले वाहवाही पाएको थियो । ‘कृ रिलिजपछि अझै फ्यान फलोइङ बढेको जस्तो लाग्छ । धेरैले निगम बाबाले बोल्ने संवादहरू पठाउनु हुन्छ’ अनुप बताउँछन् ।Anup Bikram Shahi 1

तर ‘कृ’ प्रमोसन समयमा अनुप गुमनाम जस्तै भएका थिए । किन प्रमोसनमा आउनु हिंड्नु भएन ? भनेर सोधिएको प्रश्नमा समयको अभावको कारण भनेर उनले बताए । ‘नयाँ चलचित्रको कामहरु थियो । समय नभएर हो’ उनी भन्छन् । बुझिए अनुसार अनुपको लगभग ११ मिनेटको सिन चलचित्रबाट हटाइएको छ । अनुपसँग यसबारेमा अनुपलाई सोधिएको प्रश्नमा भन्छन् ‘केही सिन हटाइएको छ । एउटा कलाकार भएको नाताले पक्कै पनि मन दुख्छ । हामीले दिनरात नभनी काम गरेको हुन्छौ । जब हलमा कृ हेरे तब मन दुख्यो । मैले मेहनत गरेको सिनहरू काटिएको थियो । ’maxresdefault 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७