चट्याङ लागेर धान रोपिरहेकी बिजुलीमायाको गयो ज्यान


१७ असार २०७८, बिहीबार
chatyang.

चितवन, १७ असार । चट्याङ लागेर चितवनको राप्तीमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ४५ वर्षीय बिजुलीमाया श्रेष्ठ रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान घर नजिकै रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर बिजुलीमाया गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि भरतपुर अस्पताल ल्याउंँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७